काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रपति चुनावमा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रसँग राजपा नेपालले केही दिनदेखि वार्ता गरिरहेको छ । वार्ता सकारात्मक भएका कारण राष्ट्रपतिमा राजपा नेपालले भण्डारीलाई समर्थन गर्ने भएको हो ।
पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले संविधान संशोधनमा कुरा मिलेपछि एमालेसँग सहकार्य गर्ने छलफल जारी रहेका हुनाले आफ्नो पार्टीले सो पार्टीका उम्मेदवार भण्डारीलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘सरकारसँग वार्ता चलिरहेको छ, सहमति हुन्छ या हुँदैन थाहा छैन तर हामीले राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरिसकेका छौ ।’ राष्ट्रपतिको चुनाव फागुन २९ गते हुनेछ ।
सत्तारुढ दल र राजपा नेपालसँग केही दिनदेखि वार्ता चलिरहेको छ । राजपा नेपालले संविधान संशोधनलाई बटमलाइन बनाएको छ । यता सरकारको नेतृृत्व गरेको एमाले पनि संविधान संशोधनप्रति सकारात्मक भएको छ । दुई पक्षबीच मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी चलिरहेको छ ।
No comments:
Post a Comment