अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता चैत पहिलो साताभित्र हुने बताएका छन् । बिहीबार अछाममा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा वताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘छिटो भयो भने यही यही महिनाको लाष्ट, अलि ढिलो भयो भने चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ ।’ राजनीतिक एजेण्डा र विधान निर्माण गर्न गठित दुई कार्यदलले फागुन २५ गतेभित्र प्रतिवेदन बुझाएपछि पार्टी एकता हुने उनको भनाइ छ ।
त्यस्तै प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने बताएका छन् । फोरमसँग सहमति भइसकेको बताउँदै उनले उपेन्द्र यादव नेतृवको उक्त पार्टी सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको बताए । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले संघिय सरकारको पूर्णता पाएसँगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताए ।
No comments:
Post a Comment