शुक्रबारदेखि प्रधानमन्त्रीको भारत भ्रमण-नयाँ सन्धी सम्झौता नगर्ने सम्बन्ध सुधारमा मात्र केन्द्रित हुने - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, April 2, 2018

शुक्रबारदेखि प्रधानमन्त्रीको भारत भ्रमण-नयाँ सन्धी सम्झौता नगर्ने सम्बन्ध सुधारमा मात्र केन्द्रित हुने

प्रधानमन्त्री केपीशर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित रहने भएको छ । तीन दिने राजकीय भ्रमणमा नयाँ सन्धि सम्झौता नहुने सरकारले स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीको भ्रमण नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ र समधुर बनाउन केन्द्रित रहने बताइएको छ । यस्तै पूराना सन्धी सम्झौताहरुलाई प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाइएको हो । नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री ओली भारत भ्रमणबाट स्वदेश फर्किए लगतै उत्तरी छिमेकी चीन जाने सम्भावनामा परराष्ट्रमन्त्रालयले काम गरिरहेका बताइएको छ । चीनमा हुने बोआओ एसिया सम्मेलनलाई सम्बोधन गर्न सक्ने बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages