बारम्बार किन बढाइन्छ पेट्रोल र डिजेलको मूल्य ? - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, April 3, 2018

बारम्बार किन बढाइन्छ पेट्रोल र डिजेलको मूल्य ?

बारम्बार किन बढाइन्छ पेट्रोल र डिजेलको मूल्य ? 
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेलको मूल्यमा वृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मट्टीतेल, डिजेल र पेट्रोलमा प्रतिलिटर समान दुई–दुई रुपैयाँ मूल्य बढाइएको हो ।
स्वचालित प्रणाली अनुसार मूल्य वृद्धि गरिएपछि अब पेट्रोलको मूल्य आजै राति १२ बजेदेखि प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ।
इन्डियन आयल कर्पोरेसन९आइओसी० ले बढेको मूल्यसूची पठाएपछि मूल्य बढाउनुपरेको जानकारी प्रवक्ता गोइतले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि स्वचालित प्रणाली अनुसार बढाएका हौँ’, गोइतले भने, ‘हवाई इन्धन र एलपी ग्यासको मूल्यमा कुनै हेरफेर भएको छैन ।’

प्रतिकृया दिनुहोस

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages