नेकपा र राजपाबीच दुई बुँदे सहमति - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, December 19, 2019

नेकपा र राजपाबीच दुई बुँदे सहमति

नेकपा र राजपाबीच दुई बुँदे सहमति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच दुई बुँदे सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र राजपाका शीर्ष नेताहरुबीच भएको वार्तामा रिक्त हुने चार स्थान मध्ये नेकपाले दुई र राजपाले दुई सिट लिने गरी सहमति भएको हो ।
राजपाको भागमा अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र नेकपाकोमा महिला र दलित पुरुष सिट परेको छ। सहमति पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका हुन् ।
नेकपा र राजापाबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति पनि भएको छ । राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages