थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं । उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलित स्वावको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो सँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि भएका २४, ६० र ७२ वर्षीया पुरूष रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ । कोरोना संक्रमण भएका ७ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित १0 बैशाख २0७७ , बुधबार | 2020-04-22 12:07:10
No comments:
Post a Comment