कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहरा भएको प्रहरीले बताएको छ । हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउद घाइते भएका छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बिहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरूलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते भएकाहरू चिच्याएपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए । हरेक वर्ष यस क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ ।
प्रकाशित २५ मङ्गसिर २0७६ , बुधबार | 2019-12-11 08:19:49
No comments:
Post a Comment