काठमाडौं– सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंमा काठमाडौंबाट घर जाने यात्रीका लागि बसको अग्रिम टिकट बुकिङ्ग खुला नगरेपछि भाडा वृद्धि गरिएको हो ।
पटक—पटक इन्धनको मूल्य वृद्धि भएको भन्दै व्यवसायीले दशैको अग्रिम टिकट खुला गर्न आनाकानी गरेका थिए । बृद्धि भएको भाडा आइतवार (७ असोज) बाट लागु भएको छ ।
एक महिनामा दुइ पटक गरेर डिजेल प्रतिलिटर ६ रुपिँया वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो । २०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन । गोरखापत्र दैनिक
No comments:
Post a Comment