काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । बोर्डले १६ भदौंमा ग्रेड बृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो परीक्षामा ७६ हजार दुई सय २७ सहभागी थिए । सो परीक्षामा डि प्लस वा सो भन्दा मुनी कुनै एक विषयमा ग्रेड बृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो ।
बोर्डका अनुसार सो परीक्षामा ए प्लस ल्याउने ८४, ए ल्याउने दुई सय ८४, बि प्लस ल्याउने आठ सय ४० रहेका छन् । त्यसैगरी बी ल्याउने तीन हजार तीन सय ७३, सि प्लस ल्याउने नौ हजार सात सय ५१, सि ल्याउने २१ हजार पाँच सय ७४ र डि प्यस ल्याउने २२ हजार दुई सय ९७ रहेका छन् । त्यसैगरी ग्रेड डि ल्याउने १० हजार चार सय ४७ र इ ल्याउने सात हजार पाँच सय ७७ छन् ।
No comments:
Post a Comment