काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई लगायत आधा दर्जन विद्यार्थी नेतालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ।
मंगलबार नेवि संघले अध्यक्ष महरको नेतृत्वमा वानेश्वरमा निकालेको जुलुसबाट महर सहितका नेताहरूलाई पक्रउ गरिएको हो । शनिबार पोखरामा भएको घटनामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरूलाई विनाशर्त रिहाई गुर्नपर्ने माग राख्दै निकालिएको र्यालीबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उपाध्यक्ष नवीन राई पनि रहेको बताइन्छ ।
पोखरामा सरकारी गाडीमा आगजनी गरेको भन्दै केही नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको थियो। यता नेविसंघले भने सरकारको आदेशमा आफ्ना नेताहरुलाई पक्राउ गरेर फसाउन खोजेको दाबी गर्दै आन्दोलनमा उत्रिएको छ। पक्राउ परेका उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
No comments:
Post a Comment