काठमाडौं । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन् । शुक्रबार एक लामो प्रेस विज्ञप्ति जारी गर्दै उनले राजीनामाको घोषणा गरेकी हुन्।
आफूलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको ‘डिप्लोम्याट’, जो रातदिन देश र जनताको हितार्थ समर्पित छ, त्यस्ता ब्यक्तिहलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद भएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
जिम्मेवारीको हिसाबले अष्टेलियाको लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको हुँदा मेरो बिरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफूमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसेपनि मुकदर्शक झै बस्नु परेको यहाँहरुलाई बिदितै छ। म यहाँहरु समक्ष प्रेस बिज्ञप्ती मार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु।
शरणार्थी माध्यमबाट पीआर पाउने र केही ब्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पीआर दिलाउन ‘एसाईलम’ को खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहीन, नियोजित तरिकाले निराधार आरोप लगाएको उनको आरोप छ ।
जतिसक्दो गलत आरोपहरु राजदुत बिरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
No comments:
Post a Comment